काठ्माडौं, २३ पुस २०८२ । रुसले एक तेल ट्याङ्करलाई सुरक्षा दिन (एक्स्कर्ट गर्न) आफ्ना नौसेनाका स्रोतसाधन तैनाथ गरेको छ । न्युयोर्क टाइम्सका अनुसार रुसको त्यो ट्याङ्करलाई अट्लान्टिक महासागरमा अमेरिकी सेनाले पिछा गरिरहेका छन् ।
यो जहाज अहिले खाली भएको भए पनि यस अघि यसले भेनेजुएलाको कच्चा तेल बोकेको बताइएको छ । यो जहाज मंगलबार स्कटल्यान्ड र आइसल्यान्डबीच भएको अनुमान गरिएको थियो ।
रुसले आइरल्यान्ड तटनजिकै प्रतिबन्धित तेल ट्याङ्करलाई रक्षा गर्न डुंगा पठाएको हो, जसलाई अमेरिका जफत गर्ने योजना बनाइरहेको छ । मस्कोले अमेरिकालाई यो पिछा रोक्न कूटनीतिक अनुरोध गरेको छ । तर, अहिलेसम्म बेवास्ता गरिएको बताइएको छ ।
अमेरिकी अधिकारीले मंगलबार वाल स्ट्रिट जर्नललाई बताएअनुसार रुसले ‘बेला १ ट्यांकरुलाई डुंगा र अन्य नौसेनिक स्रोतसाधनमार्फत एस्कर्ट गरेको छ, जसले दुई देशबीच तनाव बढाएको संकेत छ ।
रुसको परराष्ट्र मन्त्रालयले सोही दिन सरकारी समाचार एजेन्सीलाई भने अनुसार ट्यांकरको अवस्थालाई “चिन्तासहित निगरानी गरिरहेको“ छ । जहाज ब्यारेन्ट्स सागर हुँदै रुसी मुर्मान्स्क बन्दरगाहतर्फ जाँदै छ । यद्यपि, नर्वेका क्षेत्रीय जलक्षेत्रमा पनि प्रवेश गर्न सक्छ ।
वाशिङ्टन यो ट्यांकर जफत गर्नेमा दृढ देखिन्छ । यद्यपि, यो खाली छ र भेनेजुएलामा पुगेर कच्चा तेल लोड गर्ने चालक दलको योजना सफल भएन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना भेनेजुएलामा आउने–जाने प्रतिबन्धित तेल ट्यांकरहरूमाथि ‘नाकाबन्दी’ को आदेश दिइएको भनेका थिए । भेनेजुएला सरकारले यो कदमलाई समुद्री ‘चोरी’ भनेको थियो ।
शनिबार भेनेजुएलाका निकोलास मादुरोलाई अमेरिकी पक्षबाट हिरासतमा लिइनुअघि ट्रम्पले निरन्तर भेनेजुएला सरकारले जहाजमार्फत अमेरिकामा लागूऔषध पुर्याइरहेको आरोप लगाइरहेका थिए ।
गत महिना अमेरिकी कोस्ट गार्ड क्यारिबियन सागरमा ‘बेला १’ नामक जहाजमा चढ्ने प्रयास गरेको थियो । त्यतिबेला यो जहाज भेनेजुएलातर्फ गइरहेको अनुमान गरिएको थियो । अमेरिकी अधिकारीहरूसँग यो जहाज जफत गर्ने वारेन्ट जारी गरेको थियो र यसमाथि अमेरिकी प्रतिबन्ध उल्लंघन तथा इरानी तेल बोकेको आरोप थियो ।
त्यसपछि जहाजले बाटो परिवर्तन गरी नाम ‘मैरिनेरा’ राखेको थियो । यसले झन्डा पनि परिवर्तन गरी गयानाबाट रुसी जहाज बनाएको बताइएको छ ।
युरोपतर्फ यो जहाजको पुग्ने समय त्यही बेला परेको छ जब पिछा गरिरहेका अमेरिकाका करिब १० सैन्य विमान र हेलिकोप्टरहरू पनि यस क्षेत्रमा पुगेका छन् । रुसले यो जहाजसँग जोडिएको अवस्थामा ‘निगरानी गरिरहेको’ बताएको छ ।






