Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठ्माडौं, ६ पुस २०८२ । दक्षिण अफ्रिकामा आइतबार ठूलो गोलीकाण्डको घटना भएको छ । जोहानिसबर्गको पश्चिमी भागस्थित बेकर्सडाल टाउनसिपको उक्त घटनामा नौजनाको मृत्यु भएको छ । १० जना घाइते छन् ।

बन्दुकधारी एक अवैध बारमा प्रवेश गरी कुनै चेतावनीबिना भीडमाथि अन्धाधुन्ध गोली चलाएका थिए । घटनापछि प्रहरीले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रहरीका अनुसार, दुई गाडीमा सवार आक्रमणकारीले बारमा रहेका मानिसमाथि गोली चलाएका थिए । घटनास्थलबाट भाग्ने क्रममा पनि उनीहरूले अन्धाधुन्ध ‘फायरिङ’ गरेका थिए ।

प्रहरी पुग्नुअघि नै आक्रमणकारी घटनास्थलबाट फरार भइसकेका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको भए पनि आक्रमणको उद्देश्य अझै खुल्न सकेको छैन । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

दक्षिण अफ्रिकामा यस महिनाको यो दोस्रो ठूलो गोली प्रहारको घटना हो । योसँगै बेकर्सडाल टाउनसिपमा अवैध रूपमा मदिरा बिक्री गरिँदै आएको तथ्य पनि सार्वजनिक भएको छ ।

यही डिसेम्बरको सुरुमा दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियानजिक पनि गोली प्रहार भएको थियो । त्यहाँ एक होस्टेलमा बन्दुकधारीको आक्रमणमा परी तीन वर्षीय बालकसहित १२ जनाको मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया