काठमाडौं, २१ मंसिर २०८२ । फ्रान्सको ग्वाडेलुपको सेन्ट–एन्न सहरमा एक अनियन्त्रित कार मानिसहरूको भीडमा पस्दा कम्तीमा १० जनाको ज्यान गएको छ भने अन्य १९ जना गम्भीर रूपमा घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूका अनुसार यो घटना स्कोएलचर स्क्वायरमा भएको थियो, जुन सहरको टाउन हल र चर्चको ठीक अगाडि अवस्थित एक व्यस्त पैदल मार्ग हो । त्यहाँ परिवार र स्थानीय मानिसहरू क्रिसमसको बत्ती र सजावटको अन्तिम तयारी गरिरहेका थिए ।
घटनामा कुल १९ पीडितमध्ये १० जनाको घटनास्थलमै मृत्यु भयो । तीन घाइतेको अवस्था गम्भीर भएको र बाँकीलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ ।
चालकले घटनास्थलमै आत्मसमर्पण गरको र उनलाई हिरासतमा लिइएको छ । घटनापछि प्रहरी अनुसन्धान जारी भएको र प्रारम्भिक जाँचमा यो दुर्घटना थियो वा इच्छाले गरिएको कार्य भन्ने स्पष्ट हुन नसकेको बताइएको छ ।
ग्वाडेलुप क्यारिबियन सागरमा अवस्थित पर्यटकहरूका लागि लोकप्रिय क्षेत्र हो । यो विशेष गरी आफ्नो समुद्री तट र बजारका लागि परिचित छ ।
सामाजिक सञ्जालमा यो दुर्घटनालाई लिएर बहस छेडिएको छ । विश्वका सबैभन्दा धनी व्यापारी अमेरिकाका एलन मस्कले पनि क्रिसमस बजारमा भएको यो दुर्घटनामाथि आफ्नो प्रतिक्रिया दिएका छन् ।






