Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, २१ मंसिर २०८२ । ग्रिसको क्रेट टापुनजिक डुंगा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । डुंगामा आप्रवासी र शरण खोज्नेहरू रहेका बताइएको छ ।

दुईजना जीवित व्यक्तिसँगै ती शव शनिबार क्रेटको दक्षिणपश्चिममा करिब ४८ किलोमिटर टाढा फेला परेका थिए । ग्रिक तटरक्षकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले सबै मृतकहरू पुरुष रहेको बताएको छ ।

उद्धारका लागि युरोपेली संघको सीमा एजेन्सी फ्रन्टेक्सले डुंगा, विमान र एक सुपर पुमा हेलिकप्टर पठाएको थियो ।

डुंगा पानी भरिएको अवस्थामा भेटिएको थियो ।

आप्रवासीहरू चढेको डुंगा दुई छेउबाट पन्चर भएकाले यात्रुहरू साँघुरो ठाउँमा बस्न बाध्य भएका थिए ।

तपाईको प्रतिक्रिया