Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमाडौं, २८ माघ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । पार्टी नेताहरुको प्रेसर थेग्न नसकेपछि अध्यक्ष महरले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सभापति शेरबहादुर देउवालाई राजीनामा दिएका हुन्।

अध्यक्ष महरले राजीनामा दिँदै पार्टीले काम गर्न नदिएको पनि गुनासो गरे। अध्यक्ष महरको नेतृत्वमा कार्यसमिति आएपछि देश नयाँ संरचनामा गएर तीनै तहको निर्वाचन भएको र निर्वाचनमा होमिनुपर्दा काम गर्न नपाएको उनको स्पष्टोक्ति थियो। तोकिएको दुई वर्षे कार्यकाल भदौ २ गते महाधिवेशन गर्न नसकेपछि पार्टीले दुई पटक गरेर माघ २ गतेसम्म पाँच महिनाको समय थप गरेको थियो।

थपिएको पाँच महिनामा पनि सुरुमा पार्टीले हस्तक्षेप गरेको र पछि महासमिति बैठकले ढिला भएको उनको तर्क छ। अध्यक्ष महरलाई पछिल्लो समय आफ्नै गुटका विद्यार्थी नेताहरुले असहयोग गर्दै आएका थिए। नेविसंघको विषयमा पार्टी्भित्रै विवाद सुरु भएपछि सभापति देउवाले अध्यक्ष महरलाई राजीनामा दिन दबाब दिएका थिए। अध्यक्ष महरको राजीनामा पछि नेविसंघका बारेमा के निर्णय गर्ने भन्ने बाटो खुलेको छ।

पार्टीले हटाउनुभन्दा आफैँ राजीनामा दिन ठीक हुन्छ भन्दै उनले राजीनामा दिएको उनी निकट स्रोत बताउँछ। राजीनामा बुझ्दै सभापित देउवाले सबैको सल्लाहमा अब अघि बढ्ने बताएका थिए। संचारमाध्यमको अगाडि नबोलेका देउवाले विद्यार्थी नेताबीच उचित निर्णय लिने बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments