Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठ्माडौं, १२ कार्तिक २०८२ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ गए राति आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ । मोन्था अक्टोबर २८ र २९ को मध्यरात ११:३० देखि १२:३० बजेको बीचमा मछलीपट्टनम र काकीनाडाको बीचबाट अगाडि बढेको भारतको मौसम विभागले जनाएको छ ।

गए राति करिब साढे २ बजे चक्रवाती आँधीमा परिणत भएको थियो । मौसम विभागका अनुसार, यो उत्तरपश्चिम दिशामा अगाडि बढ्ने क्रम जारी रहनेछ र भारतको तेलंगाना राज्यमा प्रवेश गर्नेछ ।

चक्रवात मोन्था तटमा ठोक्किने बेला भारी वर्षा हुनुका साथै तीव्र गतिमा हावा चलेको रोयटर्सले जनाएको छ ।

आन्ध्र प्रदेश सरकारले दिएको जानकारीअनुसार, यसका कारण ३८ हजार हेक्टरभन्दा बढी बालीनाली नष्ट भएको छ भने धेरै बिजुलीका खम्बाहरू पनि ढलेका छन् ।

राज्यको कोनसीमा जिल्लामा एक महिलामाथि ताडको रुख भाँचिएर खस्दा उनको मृत्यु भएको छ ।

भारतको मौसम विभागले बुधबार पनि मौसम बिग्रने क्रम जारी रहन सक्ने चेतावनी दिएको छ ।

मौसम विभागकी वैज्ञानिक डा। करुणा सागरले भनिन्, “आज पनि मौसमको खराबी, विशेषगरी तेज हावा र भारी वर्षा जारी रहन सक्छ ।”

मौसम विभागले राज्यका धेरै जिल्लाहरूमा वर्षाको ‘रेड अलर्ट’ जारी गरेको छ । मौसम विभागले पूर्वी र दक्षिणी तेलंगानामा पनि भारी वर्षा हुने चेतावनी दिएको छ ।रोयटर्सबाट ।

 

तपाईको प्रतिक्रिया