Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमाडौं, २५ माघ । सरकारले नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएका १६३ देशको ‘कन्ट्री स्पेसिफिक प्रोफाइल’ तयार गरिरहेको जनाएको छ ।

विभिन्न देशहरुसँग नेपालको कस्तो सम्बन्ध छ र कुन देशसँग के अपेक्षा छ भन्ने विषयमा अध्ययन गरेर परराष्ट्र मन्त्रालयले प्रोफाइल तयार गर्दै गरेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।

‘सम्बन्धित देशसँग हाम्रो सम्बन्धको अवस्था के हो त ? सबैसँग एउटै अपेक्षा पनि हुँदैन’, विहीबार संसदीय सुनुवाई समितिले आयोजना गरेको छलफलमा बोल्दै मन्त्री ज्ञवालीले भने, ‘कुनै देशसँग व्यापार होला, कुनै देशसँग श्रमको, कसैसँग लगानीको सम्बन्ध होला ।’

यसरी तयार पारेको ‘कन्ट्री स्पेसिफिक प्रोफाइल’ सम्बन्धित देशका राजदूतले लिएर जाने र सोहीअनुसार गाइडेड हुनुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ ।

‘कुन देशसँग हाम्रो अपेक्षा के हो ? यो कुरालाई ध्यानमा राखेर प्रोफाइल तयार गर्ने’, मन्त्री ज्ञवाली भन्छन, ‘अब राजदूतहरुले त्यो देशमा जाँदा त्यो प्रोफाइल बोकेर जानुपर्छ । त्यसको आधारमा गाइडेड हुनुपर्छ ।

अब नेपालको ९० प्रतिशतभन्दा बढी कुटनीतिलाई आर्थिक कुटनीतिले समेट्ने मन्त्री ज्ञवाली बताए । ‘यदि त्यो विकसित देश हो भने त्यो देशबाट आधिकारिक साहायता हामी कति लिन सक्छौं, त्यो निक्र्योल गर्न सक्छौं’, मन्त्री ज्ञवालीले भने ।

सन् २०२२ सम्म अल्पविकसित राष्ट्रबाट माथि उठ्नलाई समेत सरकारले आर्थिक कुटनीतिलाई प्राथमिकता दिनुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments