Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026
क्याम्पस प्रमुखलाई खुट्टा नकमाइ अघिबढ्न सभापतिको आग्रह

गौरादह, २३ माघ । झापाको गौरादह बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षका नव आगन्तुक विद्यार्थीलाई स्वतन्त्र विद्यार्थी युनियनले स्वागत गरेका छन् । क्याम्पसको सभाहलमा आज एक कार्यक्रमको आयोजना गरि नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको हो ।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति कमल पौडेलको अध्यक्षता तथा क्याम्पस प्रमुख हिन्द बहादुर दहालको प्रमुख आतिथ्यतामा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्ववियु सभापति पौडेलले सेमेस्टर प्रणली अनुसार स्नातकोत्तर तहका कक्षा उदासिन नभइ संचालन गर्न तथा गौरादह बहुमुखी क्याम्पसलाई स्थानान्तरण गर्न भवन निर्माण लगाएतका काममा खुट्टा नकमाई अघिबढ्न क्याम्पस प्रमुखलाई आग्रह गरेका छन् ।

मन्तब्यका क्रममा सभापति पौडेलले गुणस्तरीय शिक्षा, विद्यार्थीहरुको हकहित र क्याम्पसको दिगो विकासमा स्ववियुले दीर्घकालीन महत्वका योजनाहरु निर्माण गर्दैरहेको र निरन्तर विद्यार्थीहको साथमा रहने प्रतिबद्धता व्यक्त गरे। उनले क्याम्पसलाई थप सुधार गरि पुनरस्थापित गर्न विगत देखि नै विभिन्न चुनौतीहरुको सामना गरेको र अब पनि जस्तो सुकै संघर्ष र त्याग गर्न तयार भएको बताए।

स्ववियु सदस्य सिर्जना राजवंशीको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न गरिएको यस्ता कार्यक्रमले विद्यार्थी बीचको आपसी सम्बन्धलाई बलियो बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै प्रमुख अतिथि क्याम्पस प्रमुख हिन्द बहादुर दाहालले क्याम्पसका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराउदै विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने गरीका शैक्षिक क्रियाकलापहरु क्याम्पसले संचालन गर्ने साथै नयाँ ठाँउमा स्थानान्तरण हुन लागेको क्याम्पसको निर्माण कार्यको प्रक्रिया अगाडि बढाउनका लागि चाँडै भवन निर्माण कार्य थालनी गरिने बताए ।

कार्यक्रममा राप्रवि संघका रबिन्द्र ढुङ्गाना, अखिल क्रान्तिकारी जिल्ला सह सचीव आर्जु सुन्दास, क्याम्पसका प्राध्यापक महेन्द्र घिमिरे लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संचालन स्ववियु सदस्य प्रदिप धमलाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments