Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठ्माडौं, ३० भदौ २०८२ । जापानमा करिब एक लाख मानिसले १०० वर्षभन्दा बढी उमेर पार गरेका छन् । जापानका स्वास्थ्यमन्त्री ताकामारो फुकोकाले शुक्रबार ८७ हजार ७८४ महिला र ११ हजार ९७९ पुरुषको उमेर १०० वर्षभन्दा बढी रहेको बताएका छन् ।

महिला र पुरुष गरी कुल ९९ हजार ७६३ ज्येष्ठ नागरिकले १०० वर्षको उमेर पार गरेका छन् । यसमा ८८ प्रतिशत महिला छन् । यो देशको कुल जनसंख्या १२४ करोडको ०.८१ प्रतिशत हो । जापानले लगातार ५५ औँ वर्ष यो कीर्तिमान बनाएको छ ।

जापानमा सेप्टेम्बर १५ मा ज्येष्ठ नागरिक दिवस मनाइन्छ । यो दिन जापानी प्रधानमन्त्रीले १०० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरूलाई बधाई पत्र र चाँदीको गिलास वितरण गर्छन् । यस पटक ५२ हजार ३१० ज्येष्ठ नागरिकलाई यो सम्मान दिइने बीबीसीले जनाएको छ ।

देशकी सबैभन्दा बढी उमेरकी महिला ११४ वर्षकी शिगेको कागावा हुन् । सबैभन्दा बढी उमेरका पुरुष १११ वर्षका कियोताका मिजÞुनो हुन् ।

जापानको औसत आयु ९५.१ छ, अर्थात् यहाँका मानिसहरूको औसत आयु ९५ वर्ष हो । वल्र्ड पपुलेसन रिभ्यू २०२४ को तथ्यांकअनुसार, विश्वका ती देशहरू जहाँ मानिसहरूको औसत आयु सबैभन्दा बढी छ, त्यसमा जापान चौथो स्थानमा छ । यहाँ महिलाहरू पुरुषभन्दा बढी समयसम्म जीवित रहन्छन् ।

वर्ल्ड पपुलेसन रिभ्यूको २०२५को तथ्यांकअनुसार, विश्वका सबैभन्दा स्वस्थ देशहरूमा जापान दोस्रो स्थानमा छ । यो प्रतिवेदन जीवन प्रत्याशा, मोटोपन, मधुमेह, खुसी र स्वास्थ्यमा हुने खर्चको आधारमा तयार पारिएको हो ।

सन् १९६० को दशकसम्म जापानमा मानिसहरूको उमेर जी–७ देशका मानिसहरूको औसत उमेरभन्दा कम थियो । सन् १९६३ मा सरकारले एउटा सर्वेक्षण गरेको थियो । जसमा १५३ जनाको उमेर १०० वर्षभन्दा बढी थियो ।

त्यसपछि सरकारले सार्वजनिक पहल सुरु गरेको थियो । मानिसहरूलाई नुन र चिनी कम खानका लागि सचेत गराइयो । जापानी मानिसहरूमा मोटोपनको समस्या कम छ । यसले मुटु र क्यान्सरजस्ता रोगहरू कम हुन्छन् ।

सन् १९२३ मा टिभीमा तीन मिनेटको एउटा व्यायाम कार्यक्रम चलाइएको थियो, जुन अहिले जापानको संस्कृति बनेको छ । सन् १९८१ मा एक हजार जनाले १०० वर्षको उमेर पार गरेका थिए । सन् १९९८ सम्म यो संख्या १० हजार पुगेको थियो ।

यद्यपि, केही मिडिया रिपोर्टहरूले यी तथ्यांकहरूलाई गलत भनेका छन् । सन् २०१० मा जापानको परिवार दर्ताको सरकारी अडिटले १०० वर्षभन्दा बढी उमेरका दुई लाख ३० हजार मानिसहरू बेपत्ता भएका वा मृत्यु भएको पाइएको पत्ता लगाएको थियो ।

रिपोर्टहरूका अनुसार ज्येष्ठ नागरिकका आफन्तहरूले पेन्सन योजनाहरूको फाइदा लिनका लागि तथ्यांकमा गडबडी गर्ने गर्छन् । बीबीसी

तपाईको प्रतिक्रिया