Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

झापा, २१ माघ ।  झापाकाे बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरबार्हीका कारण दुई वर्षीय बालकको मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन्।

मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका छोरा जेनित राजवंशीको इजेक्सन लगाए लगत्तै मृत्यु भए लगत्तै आफ्न्तले अस्पतालमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न चिकित्सकहरु विरुद्ध प्रर्दशन समेत गरेका छन्।

चिकित्सककै लापरबार्हीका कारण बालकको मृत्युभएको निष्कर्ष निकाल्दै परिवार तथा आफन्तले हस्पिटलमा तोडफोड गर्न थालेपछि तत्काल त्यहाँ प्रहरी पुगेको थियो। प्रहरीले घटनालाई साम्य पार्न हवाई फायर गर्नुका साथै केहि सेल अश्रुग्यास प्रहार समेत गरेको थियो ।

आइतबार बेलुका ६ बजे अस्पताल ल्याएका बालकको इजेक्सन लगाएको केहि क्षणमा नै मृत्युभएपछि डाक्टर र नर्स भने भागेको पीडित पारिवारले जनाएको छ । मृतकका बुबाका अनुसार छोरालाई झाडापखाला लागेर अस्पताल ल्याइएकोमा इजेक्सन लगाए लगत्तै अवस्था सिकिस्त भएको र उपचारमा संलग्न चिकित्सकहरु समेत भाग्नुले गलत औषधि प्रयोग भएको दावी गरे। उनले भने,‘ जसकारण छोराको मृत्यु भएको हो।’

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments