Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

झापा, ५ भदौ २०८२ । सारीको पिङ बनाएर खेल्दै गर्दा झुन्डिएर झापाको अर्जुनधारामा एक बालकको मृत्यु भएको छ । आज साँझ ४:४५ बजे अर्जुनधारा-११ पुष्पलाल चौक बस्ने नेत्रप्रसाद सिवाका छोरा १० वर्षीय प्रदीप सिवा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए । सिकिस्त अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उता ओखलढुङ्गामा पनि त्यस्तै घटना भएको छ । मंगलवार बिहान ११ः३० बजे ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका–८ पँधेरे बस्ने मेखबहादुर राईकी छोरी ३ वर्षीया मेरिका राई छिमेकीको घरमा झुन्डिएकी छन् ।

छिमेकी अर्जुन राईको घरमा कोही नभएको अवस्थामा घरको दलानको थाममा काँटी ठोकी झुण्ड्याई राखेको प्लाष्टिकको नाम्लोको डोरीमा मेरिका झुन्डिएकी हुन् । झुन्डेको अबस्थामा उनको आमाले फेला पारी डोरीबाट निकाली हेर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया