काठमाडौं, २८ साउन २०८२ । दक्षिण कोरियाका जेलमा रहेका पूर्व राष्ट्रपति युन सुक योएलकी पत्नी (पूर्वप्रथम महिला) किम किओन हीलाई पक्राउ गरिएको छ। स्टक हेरफेर, घूसखोरी र राजनीतिक हस्तक्षेपलगायतका आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
अदालतले प्रमाण नष्ट गर्ने जोखिम देखाउँदै मंगलबार उनलाई थुनामा राख्न आदेश दिएको छ। किममाथि बीएमडब्ल्यूका स्टक मूल्य हेरफेर गरेर करिब ८ करोड वोन नाफा कमाएको, युनिफिकेशन चर्चबाट घूसस्वरूप च्यानल झोला र हिराको हार लिएको आरोप छ।
उनले २०२२/२०२४ का निर्वाचनमा उम्मेदवार चयनमा पनि हस्तक्षेप गरेको आरोप लागेको छ।






