Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

रोम, २१ साउन २०८२ । इटाली सरकारले सिसिली टापुलाई मुख्य भूमिसँग जोड्ने उद्देश्यले विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्न १३ अर्ब ५० करोड युरो (करिब १५ अर्ब ६० करोड डलर) लागतको परियोजनालाई अन्तिम स्वीकृति दिने तयारी गरेको छ।

उपप्रधानमन्त्री तथा पूर्वाधारमन्त्री माटेओ साल्भिनीले दशकौं पुरानो योजनालाई अन्ततः कार्यान्वयनमा लैजाँदै ुइतिहासको नयाँ अध्याय सुरु हुनेु बताएका छन्। पुल मेसिनाको जलडमरूमध्यमा निर्माण गरिनेछ, जसलाई राज्यले नै वित्तीय सहयोग गर्नेछ।

यो झोलुङ्गे पुलको झुण्डिएको भाग ३.३ किलोमिटर (२.०५ माइल) लामो हुनेछ, जसले दुई वटा ४०० मिटर इटालीमा बन्दै विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल (१,३०० फिट) अग्ला टावरलाई जोड्नेछ। पुलमा बीचमा दुई रेल लाइन र दुवैतिर तीन लेनको सडक रहने गरी डिजाइन गरिएको छ।

सरकारका अनुसार सन् २०३२ सम्ममा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको यो परियोजना इन्जिनियरिङको अत्याधुनिक नमुना हुनेछ। यो पुल तीव्र हावा र भूकम्पको जोखिमयुक्त क्षेत्रमा बने पनि बलियो संरचनाले चुनौती सामना गर्न सक्षम हुने जनाइएको छ।

साल्भिनीका अनुसार पुल निर्माणले दक्षिण इटालीका दुई गरिब क्षेत्रहरू, सिसिली र मुख्यभूमिको क्यालाब्रियामा आर्थिक विकास र रोजगारीको अवसर ल्याउनेछ। उनका अनुसार परियोजनाबाट दशौँ हजार रोजगारी सिर्जना हुनेछन्।

तपाईको प्रतिक्रिया