Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

भरतपुर, २० माघ । भरतपुरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को भव्य स्वागत गरिएको छ। उनको स्वागतमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित राजनीतिक दलका नेताहरू, सरकारी कर्मचारीहरू र सामाजिक संस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए।

भरतपुर विमानस्थलदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणस्थल रामपुरसम्म उनीहरूलाई राष्ट्रिय झण्डा राखिएको गाडीमा यात्रा गराइएको थियो। महानगरका प्रमुख उपप्रमुख पनि उनीहरूसँगै गाडीमा थिए।

उनीहरूको स्वागतका लागि महानगरपालिकाले तारतम्य मिलाएको थियो भने स्थानीयवासीहरू पनि स्वतःस्फुर्त उपस्थित भएका थिए।

उनीहरूको स्वागतमा बाटोमा पानीका घडाहरू राखिएको थियो भने सामाजिक संस्थाहरू र स्थानीयवासीले ब्यानरसहित र्‍याली गरेका थिए। बाजागाज र भजन पनि सडकमा देखिएको थियो।

आज रंगशाला निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको घोषणा हुनेछ भने रंगशाला निर्माणस्थलमा बोर्ड पनि राखिनेछ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ। त्यसका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने घोषणा यसअघि नै गरेको छ।

अन्नपूर्णपोस्टबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments