Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

झापा, १८ साउन २०८२ । झापामा अविरल वर्षाका कारण भान्सा घर र पर्खाल पूर्ण रुपमा भत्किँदा २० लाखको क्षति भएको छ। आज(आईतबार) दिउँसो अन्दाजी १:४५ बजे मेचीनगर नगरपालिका–६ पिङकीठ्याक बस्ने ज्ञानबहादुर गिरीको जस्ताको छाना भएको एक तले भान्सा घर र पर्खाल भत्किदा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

माटो भासिएर भान्सा घर र पर्खाल पूर्ण रूपमा भत्किएको प्रहरीले जनाएको छ।

गिरी सुत्ने कोठा भने सुरक्षित छ। माटो भासिएकाले उनको घर पनि जोखिममा रहेको जनाइएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा टोली पुगेको थियो।

तपाईको प्रतिक्रिया