Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद आजै संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तयारी गरिएको छ। संघीय संसदको तल्लो सदनबाट उक्त विधेयक पारित भएपछि प्रक्रिया अनुसार माथिल्लो सदनबाट पारित गर्न लागिएको हो।

दिउँसो दुई बजे बस्न लागेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।

सम्झौता विपरीत विधेयक ल्याइएको भन्दै डा. गोविन्द केसी २३ दिनदेखि आमरण अनशनमा छन् । उनको स्वास्थ्य अवस्था दिन प्रति दिन नाजुक बन्दै गइरहेको छ।

नागरिकबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments