काठमाडौं, १४ असार २०८२ । पाकिस्तानको उत्तरी वजीरिस्तानको मीर अली क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा आठ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार, खैबर पख्तूनख्वा प्रान्तका मुख्यमन्त्री अली अमिन गन्डापुरले घटनाको पुष्टि गर्दै सुरक्षाकर्मीहरूको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले जारी गरेको आधिकारिक विज्ञप्तिमा विस्फोट निकै शक्तिशाली भएको र सुरक्षाबललाई गम्भीर क्षति पुगेको उल्लेख छ।
हालसम्म पाकिस्तानी सेनाको जनसम्पर्क विभागले घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।






