Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं, १४ माघ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त र उनकी दुर्गादेवीको डिएनए मिलेको छ। प्रहरीले निर्मलाको भजाइनल स्वाब र दुर्गादेवीको रगत परीक्षणबाट दुबैको डिएनए मिलेको देखिएको जनाएको हो।

कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार निर्मला र दुर्गादेवीको डिएनए सोमबार सार्वजनिक गरिएको छ। ‘दुबैको डिएनए मिलेको रिपोर्ट छ,’ कडायतले भने, ‘निर्मलाको भजाइनल स्वाबबारे उठेका सबै प्रश्न गलत थिए भन्ने पुष्टि भएको छ।’

पन्तको भजाइनल स्वाबको वैधाकितामाथि शंकास्पद टिप्पणी हुँदै आएको थियो। यस्तो टिप्पणी आउन थालेपछि गत पुस २५ मा निर्मलाकी आमा दुर्गादेवीले डिएनए परीक्षणका लागि रगत दिएकी थिइन्।

राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको हत्या अनुसन्धानबारे आइतबारमात्र प्रतिवेदन सरकारलाई बुझाएको थियो। आयोगले बुझाएको प्रतिवेदनमा निर्मलाको भजाइनल स्वाब संकलनमा लापरबाहीपूर्ण भएको उल्लेख थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments