गौरादह, १६ जेठ २०८२ । गौरादह नगरपालिका वडा नं.८ मा रहेको प्रगति माध्यमिक बिद्यालयले ६४ औं अभिभावक दिवस तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ। बिद्यालय प्राङ्गणमा सम्पन्न बार्षिक उत्सव कार्यक्रममा विभिन्न बिधामा बिद्यार्थी पुरस्कृत भएका थिए।
कोशी प्रदेशका प्रदेश सभामुख अमर बहादुर बिष्ट कार्यक्रमका प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभामुख बिष्टले बिद्यार्थीहरुलाई बिदेश जानबाट रोक्न बिद्यालयमा अब प्राबिधिक बिषयको पढाइ आवश्यक रहेको धारणा राखेका थिए।
वार्षिकोत्सबको अवसरमा बिद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पाण्डेले बिद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। वार्षिकोत्सब कार्यक्रमको अवसरमा बिद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए। बिद्यालयमा अक्षयकोष राखि सहयोग गर्ने दाताहरुलाई कदरपत्रका साथै र मायाको चिनो प्रदान गरिएको थियो। बिद्यालयमा विभिन्न महानुभावहरुले स्थापना गरेको अक्षयकोषबाट बिद्यार्थीहरु नगद र सम्मानपत्र सहित पुरस्कृत भएका थिए। स्व. डम्बर कुमारी बुढाथोकी स्मृति कोषबाट १ जना, अम्बिका प्रसाद तथा विमला देबि कोषबाट १ जना, स्व. होमनाथ बिष्णु काफ्ले स्मृति ट्रष्टबाट १ जना, स्व. पुन्य प्रसाद टीका देबि सम्साल स्मृति ट्रस्टबाट ३ जना, चन्द्र माया कार्की स्मृति कोषबाट ४ जना, स्व. वेद कुमारी स्मृति कोषबाट १ जना, स्व. लक्ष्मी प्रसाद नन्दमाया, मदन कुमार मिश्र कोषबाट ४ जना, स्व. मोहोन प्रसाद वाग्ले स्मृति कोषबाट ४ जना, स्व. लक्ष्मी प्रसाद गंगामाया , धनमाया भेट्वाल स्मृति कोषबाट ९ जना, स्व. टेक बहादुर टुकमाया खड्का स्मृति कोषबाट ५ जना, स्व. नरबहादुर पबित्रा देबि बुढाथोकी स्मृति कोषबाट ३ जना, स्व. दानबहादुर बानिया स्मृति कोषबाट ५ जना, स्व. नन्दमणी पबित्रादेबि सेढाई स्मृति कोषबाट १७ जना,प्रगति मा.बि. पुर्ब बिद्यार्थी समाजबाट १० जना, शैक्षिक अभियान्ता राम चन्द्र सुवेदीबाट १ जना बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण, कन्काई न.पा. को नेम फाउन्डेसनबाट २ जना, प्राणनाथ सामाजिक बिकास कोषबाट बिद्यार्थीलाई बिद्यालयमा नियमित उपस्थिति गराउने उदेश्यले प्रत्येक कक्षामा हाँजिरीमा उत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो।
वार्षिक परिक्षा,खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कार बितरण गरिएको थियो। बिद्यालयमा कार्यरत शिक्षकहरु मध्येबाट तहगत रुपमा ७ जना शिक्षकलाई सम्मान गरिएको थियो। वार्षिकोत्सब कार्यक्रममा गौरादह नगरपालिका वडा नं.८ का वडाध्यक्ष गणेश कुमार राजवंशी, नमुना अंग्रेजी मा.बि. का प्रधानाध्यापक ध्रुब गौतम ,वि.ब्य. स. सदस्य सूर्य भक्त सिटौला, नारायणी फाउन्डेसनका प्रतिनिधि ओम पाठक, पुर्ब बिद्यार्थी समाजका अध्यक्ष शंकर अधिकारी , शिक्षक महासंघ गौरादह नगर अध्यक्ष लिलानाथ गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए । बिद्यालयका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद लुईटेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा शिक्षक दिननाथ कडरिया र शिक्षक पदम दाहालले कार्यक्रमको संचालन गरेका थिए।







