Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

मोरङ, ८ माघ । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको छ । मंगलबार बिहान ८।५० बजेको समयमा सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका सोही स्थान बस्ने बर्ष ३७ को मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

वेल्डिङको ड्रम पड्किएर शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments