Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

एजेन्सी, १४ वैशाख २०८२ । भारतले बंगलादेशी आप्रवासीविरुद्ध कारबाही अभियान चलाएको छ। गुजरातका विभिन्न ठाउँबाट ठूलो संख्यामा बंगलादेशी नागरिकहरु पक्राउ परेका छन्। अवैध बंगलादेशी आप्रवासीहरुको पहिचान गर्न विशेष अभियान सञ्चालन गरिएको गुजरात प्रहरीले जनाएको छ। यो अभियानमा ५ सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको र त्यसमध्ये कम्तीमा ५ जना चाँहि अवैध रुपमा बसिरहेको पाइएको प्रहरीको भनाइ छ।

राजकोट प्रहरीले गुजरातमा अवैध रूपमा बसोबास गरिरहेका बंगलादेशी आप्रवासीको पहिचान गरी डिपोर्ट गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ। जम्मु–कश्मीरमा २७ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि गुजरातमा सुरु भएको यो अभियानमा प्रहरीले ८ सयभन्दा बढीलाई अनुसन्धानको दायरामा ल्याएको छ।

जसमा बंगलादेशसहित विभिन्न देशका १० जनाभन्दा बढी अवैध आप्रवासी भेटिएका छन्। प्रहरीले मुख्यरुपमा पाकिस्तानी नागरिकको खोजीका क्रममा बंगलादेशीहरुमाथि पनि अनुसन्धान जारी राखेको समाचारमा जनाइएको छ। जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा पाकितास्तानको हात रहेको भारतको ठम्याई छ।

 

तपाईको प्रतिक्रिया