Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

म्यानमार, २३ चैत २०८१ । म्यान्मारमा भूकम्पबाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय नाघेको छ। म्यानमारको सरकारी मिडियाका अनुसार शनिबारसम्म भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ३५४ पुगेको हो।

गत मार्च २८ आएको विनाशकारी भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ। हालसम्म चार हजार पाँच सय आठ जना घाइते भएको र दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले जनाएको छ। भूकम्प आएको हप्ताभन्दा बढी समय विते पनि पीडितहरू आश्रयविहीन छन्।

संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७।७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ। यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ। संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया