Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

काठमाडौं, १८ फागुन २०८१ । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०२८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ३.०८ प्रतिशतले बढेर ४८४३० विन्दुमा अडिएको छ।

यसदिन ३०२ स्क्रिप्सको २ करोड ९१ हजार ६६ हजार ६५६ कित्ता सेयर १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स,सिन्धु विकास बैंक र दोर्दी खोला जल विद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसदिन समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घटयो।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ९७ करोड बढीको सेयर कारोबार भयो। हिमालयन रिइन्स्योरेन्सको ८५ करोड,सिन्धु विकास बैंकको ४० करोडको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३३ करोड र साहास उर्जाको २६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन सेयर बजारमा हरियाली छाएको छ। १२ समूहको उपसूचक सकारात्मक देखिएका छन्। आज मनु एण्ड प्रो समूहको उपसूचक सर्वाधिक बढेको हो। सो समूहको उपसूचक ४.७९ प्रतिशतले बढ्यो। यसैगरी फाइनान्स, होटल्स एण्ड टुरिजम र लाइफ इन्स्योरेन्स समूहको उपसूचक ४ प्रतिशत बढीले बढे। म्युचुअल फण्डको उपसूचक भने १.२७ प्रतिशतले ओरालो लाग्यो। यसदिन कारोबारमा आएकामध्ये १९६ स्टक्सको मूल्य बढ्दा ४४ वटाको घटयो। ४ स्टक्सको मूल्य भने स्थिर रह्यो।

 

तपाईको प्रतिक्रिया