Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

१५ पुस । प्रदेश १ मा २४ घण्टामा ७ सय २४ वटा सवारी साधन कारवाहीमा परेका छन । मादक पदार्थ सेवन गरेर सवारी चलाउने २६ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १० जना, विना हेल्मेट मोटरसाईकल चलाउने ७ जना, छतमा लगेज १ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ९१ जना, सवारी चालक अनुमति पत्र नभएका ४४ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन २३ जन कारबाहीमा परेका छन् ।

यसै गरी जथाभावी पार्किङ्ग गर्ने २८ जना, रोक्न निषेधमा सवारी साधन रोकेको २८ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको २० जना, सुरक्षा पेटी नबाधेको ११ जना, कागज पत्र साथमा नराखेको १६६ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ८ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ५० जना,तिब्र गतिमा सवारी चलाएको ३ जना, हर्न निषेधमा हर्न बजाएको ७ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २६ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३० जना, लापरवाही साथ सवारी साधन चलाएको १४१ जना र विना रुट परमिट सवारी साधन चलाएको ४ जना गरी जम्मा सात सय चौविस जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

पूर्वेली न्यूजबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments