Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौँ, ८ असोज २०८१ । दुई महिनाको अवधिमा नेपालबाट ३३ करोडभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउन–भदौमा ३३ करोड ३० लाख ६९ हजार रुपैयाँ बराबरको सिमेन्ट भारततर्फ निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

जसमध्ये २७ करोड २३ लाख ६० हजार रुपैयाँको १ लाख २१ हजार ९१८ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । यस्तै ६ करोड ७ लाख ९ हजार रुपैयाँको १० हजार ८३६ मेट्रिक टन क्लिङ्कर निर्यात भएको हो ।

नेपालले पहिलो पटक २०७९/८० सालमा सिमेन्ट निर्यात गरेको थियो । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेन’ सिमेन्ट पहिलो पटक निर्यात भएको थियो ।

 

तपाईको प्रतिक्रिया