Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

झापा, ८ असोज २०८१ । झापाको दमकमा सिटि सफारी चार्ज गर्ने क्रममा एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा इलाम महमाई नगरपालिक-५ स्थायी ठेगाना भई हाल दमक नगरपालिका-८ मा डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार (आज) बिहान ९ः३० बजेको समयमा बुर्जामगरले टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया