Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

एजेन्सी, १५ भदौ २०८१ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पहिरोमा परी १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ।

दिर जिल्लामा पछिल्ला केही दिनदेखि भारी वर्षा भइरहँदा शुक्रबार पहिरोमा परी १२ जनाले ज्यान गुमाएको सरकारी उद्धार संगठनले एक विज्ञप्तिमा जनाएको छ।

पहिरो जाँदा घरभित्र सुतिरहेका तीन महिला, छ बालबालिका र तीन पुरुषसहित मृत्यु हुनेमा एकै परिवारका सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ।

सबै शव भग्नावशेषबाट निकालिएको र पहिरोको भग्नावशेषबाट क्षेत्र खाली गर्न उद्धार कार्य जारी छ।

पाकिस्तानका केही भागमा हाल मुसलधारे वर्षा भइरहेको छ । भारी वर्षाले अचानक बाढी र धेरै जिल्लाहरूमा पहिरो निम्त्याउने गरेको छ।

 

तपाईको प्रतिक्रिया