Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

एजेन्सी, ७ भदौ २०८१ । पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु भएको छ। पाँच जवान घाइते भएका छन्।

रहीम यार खान जिल्लामा डाकु समूहले रकेट आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। पञ्जाब प्रहरीका अनुसार मचका नदी क्षेत्रमा साप्ताहिक गस्ती सकेर फर्किएका दुई गाडीमध्ये एउटा गाडी बिग्रिएर रोकिएको अवस्थामा रकेट आक्रमण भएको हो।

यही क्षेत्रमा गत महिना भएको आक्रमणमा एक प्रहरी अधिकारी मारिएका थिए भने चारआक्रमणकारीको ज्यान गएको थियो। मचका नदी तटीय क्षेत्रमा लामो समयदेखि सक्रिय आपराधिक समूह नियन्त्रणका लागि प्रहरीले विशेष अभियान चलाइरहे पनि सफल हुन सकेको छैन।

पाकिस्तानको राष्ट्रिय कार्ययोजना कार्यान्वयन समीक्षा समितिको गत अप्रिलमा भएको बैठकले सिन्ध र पञ्जाब प्रहरीको बलले डकैतीविरुद्ध संयुक्त अभियान शुरु गर्ने निर्णय गरेको थियो। पाकिस्तानको प्रहरी बल चोरी डाकुका साथै आतंककारी समूहको निशानामा पर्दै आएको छ। यसैबीच दक्षिण कोरियाको बुचियोन शहरमा एक होटेलमा आगलागी हुँदा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ।

१२ जना घाइते भएका छन्। भवनको ८ औँ तलामा आगलागी भएको हो। आगलागीपछि अत्तालिएका व्यक्तिलाई उद्धार गर्न प्रहरीले विच्छाएको म्याट्रेसमा हाम फाल्दा चिप्लिएर २ जनाको मृत्यु भएको छ। आगलागीको घटनाबारे छानबिन भइरहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया