Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

काठमाडौं, २७ साउन २०८१ । काठमाडौंमा जुवातास खेलेको आरोपमा एमालेका नेता तथा प्रदेशसभा सदस्यसहित ११ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन् ।

उनीहरुलाई शनिबार साँझ सवा ६ बजेतिर काठमाडौं महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको हो । उनीहरुबाट १ लाख ५० हजार र १६ बुक तास बरामद गरिएको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले प्रहरी वृत्त गौशालामा राखेको छ । उनीहरु सबै राजु महतको कोठाबाट पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया