Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

एजेन्सी, २० साउन २०८१ । भारतको मध्य प्रदेशको सागरको साहपुरस्थित एक घरको पर्खाल भत्किदा ९ जना बालबालिकाको मृत्यु भएको छ। लगातारको भारी वर्षाका कारण आइतबार बिहान ८:३० बजेतिर जीर्ण घरको पर्खाल भत्किदा ९ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ।

प्रहरीका अनुसार दुईजना बालकको घटनास्थलमै मृत्यु भएको हो। बाँकी सातजनालाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुईजना बालबालिकाको भने अस्पतालमा उपचार भइरहेको बीबीसीमा समाचार छ।

मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले ट्वीट गर्दै मृत्यु भएका बालबालिकाको परिवारलाई राहतस्वरुप जनही ४/४ लाख रुपैयाँ दिने घोषणा गरेका छन्। उनले जीर्ण घरको पर्खाल भत्किदा निर्दोष बालबालिकाहरूको ज्यान गएको खबरले दुखित बनाएको बताएका छन्।

मुख्यमन्त्री यादवले घाइते बालबालिकाको उचित उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएका छन्।

 

तपाईको प्रतिक्रिया