Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

विराटनगर, १० साउन २०८१ । मोरङको उर्लाबारीमा एक जना चिकित्सक मृत फेला परेका छन्।

उर्लाबारीमा रहेको अरनिको हस्पिटलमा कार्यरत डा। मनिषकुमार यादव डेरामै मृत फेला परेका हुन्। ३३ वर्षीय रेडियोलोजिस्ट यादव बिहीबार बिहान कोठामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

चिकित्सक यादव हस्पिटलकै पछाडि स्थानीय सरिता धिमालको घरमा डेरामा बस्दै आएका थिए। उनी धनुषाको औरही गाउँपालिका–१ पुरनदहियाका बासिन्दा हुन्।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार उनी कोठामा मृत फेला परेका थिए।

यादव डेढ वर्षयता अरनिको अस्पताल उर्लाबारीमा रेडियोलोजिस्टका रूपमा कार्यरत थिए।

उनको कोठाभित्र मानसिक रोग सम्बन्धी औषधि भेटिएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया