Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

गौरादह, ९ पुस । प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुलुकलाई समृद्ध बनाउन कृषी क्षेत्रलाई आधुनिकिकरण गर्न आवश्यक रहेको बताएका छन् । गौरिगञ्ज गाउँपालिका वडा नं. ६ को तल्लो रामचन्द्रे सिचाइ उप–आयोजनाको सिलान्यास गर्दै मन्त्री कार्कीले बहुसंख्यक मानिसहरु कृषी व्यवसायमा आश्रित रहेकाले पौराणिक काल देखी चलिआएको खेती गर्ने परिपाटीलाई हटाउदै आधुनिक प्रणाली बाट खेती गर्ने समय आएको धारणा राखेका छन् ।

झापा जिल्ला खेतीका लागी उर्वर भुमी भएकाले किसानहरुलाई सिचाइको आवश्यकता रहेको वताउदै यस क्षेत्रमा रहेका वाह्रै महिना पानी वग्ने खोलाहरुलाई तटवन्धन गरेर सिचाइको व्यवस्था मिलाउन सरकार लागी परेको वताए । सिचाइको अभावमा किसानहरुले कृषी क्षेत्रलाई व्यवसायीकरण गर्न नसक्दा युवाहरु रोजगारीका लागी विदेश जान वाध्य भएकाले आगामी दिनमा सिचाइको व्यवस्था मिलाई रोजगारीका अवसरहरु प्रदान गर्दै युवाहरुलाई विदेश जानबाट रोक लगाउन सकिने वताए ।

रामचन्दे्र खोलामा हिउदयाममा समेत पानी नसुक्ने भएकाले तटवन्धन गरी सिचाइ गर्ने व्यवस्था मिलाइएको वताए । नेपाल सरकार बाट यस सिचाइ आयोजना सम्पन्न गर्नका लागी ८ करोड ७८ लाख विनियोजित भएको र निर्माण कार्य २०७७ पौष मसान्त सम्ममा सम्पन्न गर्नु पर्ने सम्झौता पत्रमा उल्लेख भएको छ ।
रामचन्दे्र सिचाइ उप–आयोजना निर्माणको लागी नयाँ बाटो शिवाको सतासी जेवी कम्पनीले जिम्मा पाएको छ । निर्माण सम्पन्न भइसकेपछी गौरिगञ्ज गाउँपालिका वडा नं. ५ र ६ का ५ सय हेक्टर जमिन सिचाइ गर्न सकिने वताइएको छ । सिलान्यास कार्यक्रम परियोजना उपभोक्ता समिति अध्यक्ष मान वहादुर राजवंशीको सभापतित्मा सम्पन्न भएको थियो । त्यस अवसरमा प्रदेश सभा सदस्य झलक सिंह दर्लामी, गौरिगञ्ज गाउँपालिका अध्यक्ष वावुराजा श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments