Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

बिर्तामोड, २६ असार २०८१ । नेपाल–भारत सिमास्थित दशगजा क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका –४ गेउरिया खोलामा डुबेर एकजना भारतीयको मृत्यु भएको छ ।

दशगजादेखि करिव १५० मिटर पारीपट्टि भारतको किसनगञ्ज जिल्लाको खनियावादमा रहेको गेउरिया खोलामा डुबेको अबस्थामा एक व्यक्तिको शव बुधवार दिउँसो ३ बजे फेला परेको हो ।

उक्त शव भारत किसनगञ्ज जिल्ला अररिया निवासी ५५ वर्षीय झरिया ऋषिदेवको भएको प्रहरीले जनाएको छ । गत आइतवार छोरीको घर आउँदा गेउरिया खोला तर्नेक्रममा उनी बेपता भएका थिए ।

नेपाल–भारत सीमा भएर बग्ने गेउरिया खोला तर्दा उनी भारतपट्टि नै बेपत्ता भएकाले सीमापारी नै शव फेला परेको प्रहरीले जनाएको छ ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया