झापा, १३ असार २०८१ । झापाको गौरीगञ्जमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । गौरीगञ्ज गाउपालिका-१ महाभारा बस्ने मेदे बि.क.को छोरा १३ वर्षिय मिलन बि.क. लाई खोलाले बगाई बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार (हिँजो) अन्दाजी ७ बजेको समयमा साथिहरुसंग फुटबल खेलि सोही स्थितमा रहेको बनियानि खोलामा पौडि खेल्नलाई पसेकोमा बि.क.लाई उक्त खोलाले बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ । खोलाले बालक बेपत्ता बनाएको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोलि खटि उनको खोज तलास भई रहेको जनाइएको छ ।






