Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौं, ६ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले इजाजतविना नै भुक्तानी सम्बन्धी कारोबार गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।

अर्थमन्त्री खतिवडाले अनलाईन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराए।

शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ माथिको छलफलमा भाग लिँदै उनले विदेशी मुद्रालाई अपचलन हुन नदिन पनि सरकारले सो विधेयक ल्याउनु परेको स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले भुक्तानीमा जालसाजी हुन नदिन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा समिति नै गठन गरेको पनि स्मरण गराए। उनले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले सो सम्बन्धी बैकिङ प्रणालीको विकास गर्न लागिरहेको जानकारी दिए।

अर्थमन्त्री खतिवडाले अनलाईन भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले सोसम्बन्धि कानुन निर्माणको कामलाई अघि बढाएको पनि स्पष्ट पारे।

नेपालखबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments