Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

दाङ, ३ पुस । घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ ।

आज बिहान उक्त इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हुँदा विभिन्न इलेक्ट्रोनिक्स सामान, सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान र ना २अ १९३६ नं को अटोरिक्सा र नगद जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments