Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौं, १२ वैशाख २०८१ । संयुक्त राज्य अमेरिकामा टिकटक प्रतिबन्ध हुने भएको छ। अमेरिकी सिनेटले टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिकाको प्रशासनिक क्षेत्रमा यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो।

उक्त बिल अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कार्यान्वयमा जानेछ। राष्ट्रपति बाइडेनले आफूकहाँ आउनेबित्तिकै उक्त विधेयकमा हस्ताक्षर गर्ने बताएका छन्। यता, टिकटकले अमेरिकाको कदमबारे तत्काल कुनै प्रतिक्रिया दिन चाहेको छैन। बीबीसीसँग कुरा गर्दै टिकटक कम्पनी बाइटडान्सका अधिकारीले यस विषयमा कुनै जवाफ नरहेको बताएका हुन्।

यसअघि अमेरिकाले बाइटडान्सलाई ९ महिनाभित्र बिक्री गर्न दबाब दिएको थियो। बाइटडान्सले टिकटक बेच्न बाध्य पार्ने कुनै पनि प्रयासको विरोध गर्ने बताएको थियो।

अमेरिकी विज्ञहरूले भने यस कदमलाई ठूलो सफलताको रूपमा लिएका छन्। हार्वर्ड विश्वविद्यालयका विज्ञ डग क्यालिडासले अमेरिकी सिनेटले टिकटक प्रतिबन्धन लगाउने बिल पास गरेकोमा खुसी व्यक्त गरे। उने यस कदमलाई सफलताको रूपमा लिनुपर्ने बताए। ुयो ठूलो कुरा हो। केही हप्तामै सिनेटले टिकटक प्रतिबन्ध लगाउने कानुन पारित गर्न सफल भएको छ। यो अमेरिकी इतिहासमा बिरलै कुरा हो,ु उनले भने।

राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेपछि यो अमेरिकभरि औपचारिकरूपमै प्रतिबन्ध हुनेछ। अमेरिकामा टिकटकका १७ करोड बढी प्रयोगकर्ता रहेको बीबीसीले जनाएको छ।

तपाईको प्रतिक्रिया