Online Bichar
बिहिबार, जेठ ०३, २०८१ | Thursday, May 16, 2024

एजेन्सी, ४ वैशाख २०८१ । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको चकवाल जिल्लामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु हुनुको साथै अन्य ५० जनाभन्दा बढी घाइते भएको राजमार्ग प्रहरीले जनाएको छ।

आइतबार दिउँसो जिल्लाको कल्लर कहर क्षेत्र नजिकै सार कलान क्षेत्रमा बस खाल्डोमा खसेको राजमार्ग गस्ती प्रहरीले जनाएको छ।

प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।

तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा सडक छेउको गहिरो खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया