Online Bichar
बिहिबार, जेठ ०३, २०८१ | Thursday, May 16, 2024

काठमाडौं, ३ वैशाख २०८१ । नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई महिला पक्राउ परे‍का छन् । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका-१ घर भई चावहिलमा फ्रेण्डसिप ब्यूटी एण्ड स्पा सञ्चालगर्ने ३४ वर्षीया पूजा लोवा र चितवनको वीरेन्द्रनगर घर भई हाल काठमाडौंको गंगाहिटी बस्ने ४३ वर्षीया पूजा मगर भन्ने ओम कुमारी पुन रहेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले लोवालाई चावहिल र पुनलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो। पीडित नाबालिका जाहेरवाला परिवर्तित नाम २६ बबरमहल ९२८२०लाई पुर्वी नवलपरासीस्थितको एक रेष्टुरेण्ट तथा काठमाडौं-७ चावहिलमा रहेको फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा टोलीले त्यहाँ पुगेको थियो।

पक्राउ परेका उनीहरूलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

 

तपाईको प्रतिक्रिया