काठमाडौं, ३ जेठ २०८१ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ४० हजार कायम भएको हो।
तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। यसैगरी एक तोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।