Online Bichar
शुक्रबार, बैशाख २८, २०८१ | Friday, May 10, 2024

काठमाडौं, १ चैत २०८० । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ विन्दुमा कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार एकल अंकले घटेको सेयर बजार आज दोहोरो अंकले घटेर बन्द भएको हो। नेप्से ओरालो लागेसँग कारोबार रकम पनि घटेको छ। यसदिन ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कम्पनीको ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ४ अर्ब माथिको सेयर कारोबार भएको थियो।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसैगरी गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९२ प्रतिशतले बढ्दा कर्णाली डेभलपमेन्ट बैंकको ७.७१ र समाज लघुवित्त वित्तीय संस्थाको ७.२० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५० करोड बढि मूल्यको सेयर कारोबार भयो। शिवम सिमेन्टको २४ करोड,सोनापुर मिनरल्सको १६ करोड,गुराँस फाइनान्सको १२ करोड र हिमालयन रिइन्स्योरेन्सको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

सबै उपसमूहका सूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएका १९२ वटा स्टकको मूल्य घट्दा ४२ वटाको मात्रै मूल्य बढ्यो।

 

तपाईको प्रतिक्रिया