Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

काठ्माडौं, १ फागुन २०८० । ६ महिनामा मानव बेचबिखन तथा ‌ओसारपसार मुद्दामा संलग्न ८९ जना पक्राउ परेका छन्।

चालु आर्थिक वर्षको साउनदेखि पुस अन्तिमसम्मको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ जना पक्राउ परेका हुन्।

पक्राउ परेकामा ६७ जना पुरूष र २२ जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जीवन कुमार श्रेष्ठले जानकारी दिए। सोही अवधिमा ७९ मुद्दा दर्ता भइसकेको छ।

उनका अनुसार ६ महिनाको अवधिमा १ सय ४९ जनालाई मानव बेचबिखनको आरोप लागेको थियो। देशभरबाट २ सय ३६ जनालाई उद्धार गरिएको छ। त्यसमा १ सय ५० महिला, २६ पुरूष र ६० बालिका छन्।

‘वैदेशिक रोजगारको लागि जाने महिलासमेत बेचबिखनमा पर्ने गरेका छन्,’ उनले भने।

नेपालबाट भारत, मलेसिया, कतार, साउदी अरेबिया, लिबिया, बहराईन, कुवेत, संयुक्त अरव ईमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशहरू नेपालीहरू काम गर्ने वा अवैधानिक बसोवासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेको एसएसपी श्रेष्ठ बताए।

२०७५ सालमा स्थापना भएको ब्युरोले हालसम्म जम्मा १ हजार ११८ जना पक्राउ परेका छन् । तीमध्ये ७ सय ८३ जना पुरूष र ३ सय ३५ जना महिला छन्। सो अवधिमा १ हजार ९ सय १९ जनालाई आरोप लागेको ब्युरोको तथ्यांक छ।

तपाईको प्रतिक्रिया