Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

भोजपुर, १६ पुस २०८० । जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार अभियुक्तलाई ३० वर्षपछि पक्राउ गरी सार्वजनीक गरेको छ ।

जिल्लाको टेम्केमैयुङ गाउँपालिका–५, खावाँका ४६ वर्षीय पूर्णहाङ राईलाई ललितपुरमा लुकिछिपि बसोबास गर्दै आएको अवस्थामा पौष १४ गते पक्राउ गरी भोजपुर ल्याएको र सोमबार फरार अभियुक्तका रुपमा पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको हो ।

फरार राईले २०५० मङ्सिर ३ गते साविक कोट गाविसका राजधन राईलाई खुकुरी प्रहार गरी हत्या गरेर भागेको प्रहरीले जनाएको छ । विसं २०५० कात्तिक २७ गते लक्ष्मी पूजाको दिन देउसी खेल्ने क्रममा प्रतिवादी शुक्रदेव राई, पूर्णहाङ राई सहित २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग वादविवाद भए पछि मिलाउने क्रममा झगडा भएको थियो ।

पुनः पछि विवाद चुलिएपछि राजधन राईमाथि कुटपिट गर्नेक्रममा शुक्रदेव राईले खुकुरी प्रहार गरी कर्तव्य गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिप राज पाठकले जानकारी दिनुभयो ।

घटनाका सम्बन्धमा विसं २०६१ भदौ २८ गते जिल्ला अदालत भोजपुरबाट पूर्णहाङ राईलाई घटनामा संलग्न रहेको भन्दै ३ वर्ष कैदको सजाए भएको थियो भने मुख्य प्रतिवादी शुक्रदेवलाई २० वर्षको कैद सजाए तोकेको थियो ।

घटनामा संलग्न अन्य प्रतिवादिहरु मध्ये मुख्य प्रतिवादि शुक्रदेव राईको मृत्यु भइसकेको छ भने अन्य २६ जनाको प्रहरीले खोजी अनुसन्धान जारी राखेको समेत प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया