Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

काठमाडौं, २२ मंसिर २०८० । युएईमा आजदेखि सुरुहुने एसीसी यू-१९ एसिया कपमा नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्दैछ ।

दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपालले आईसीसी यू-१९ विश्वकपअघि यू १९ एसिया कपलाई तयारीको रुपमा लिएको छ ।

राष्ट्रिय टिमबाट खेलिसकेका देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झा पनि समावेश छन् ।

पाकिस्तानसँगै भारत र अफगानिस्तान पनि रहेको समूहमा रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित दुबई पुगेको छ ।

पाकिस्तानी युवा टोलीको कप्तानी साद बेगले गर्नेछन् ।

तपाईको प्रतिक्रिया