Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

गुलरिया, १५ मंसिर २०८० । बर्दियाको राजापुर नगरपालिका-८ स्थित कोइली गाउँमा विद्युतीय पोलमा चढेर तार तान्ने क्रममा कामदारको मृत्यु भएको छ। ठेकेदारमार्फत काम गरिरहेका कञ्चनपुर निवासी १९ वर्षीय अभिषेक रानाको पोलबाट लडेर मृत्यु भएको हो।

एक निजी विद्यालयको बस गुड्ने क्रममा भुईँमा लत्रिएको तार इन्जिनमा फसेर तानिएपछि पोलबाट खसेका रानाको बुधबार मृत्यु भएको नेपाल विद्युत प्राधिकरण राजापुर वितरण केन्द्रका प्रमुख अनिल चौधरीले जानकारी दिए।

बस प्रहरी नियन्त्रणमा रहेकोले अनुसन्धान भइरहेको बुझिएको छ।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया