Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

झापा, ७ मंसिर २०८० । धनकुटा नगरपालिका-१ निगालेमा तीन जना मृत फेला परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका नुनढाकी घर भई हाल धनकुटा नगरपालिका-१ निगालेका वर्ष ३५ का टिकाराम गुरुङ झुण्डिएको र ३६ वर्षीया श्रीमती भीमा तामाङ र छोरा वर्ष १० वर्ष आयुष गुरुङको हत्या गरिएको अवस्थामा फेला परेका हुन् ।

स्थानीय मानिकलाल श्रेष्ठको खाली घरमा बसी ज्याला मजदुर काम गर्दै आएका गुरुङले मादक पदार्थ सेवनको कारण घरायसी विवाद हुँदा मृतक गुरुङले घटना घटाएको हुन सक्ने प्रहरीको भनाई छ ।
मृतक गुरुङकी कान्छी छोरी वर्ष ६ की आसिकी गुरुङ भने छिमेकीको घरमा सुताउन लगिएकाले जिवित छन् ।

तपाईको प्रतिक्रिया