Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

भद्रपुर, ७ मंसिर २०८० । श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि श्रीमानले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । झापाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ चमेली बस्ती निवासी ३६ वर्षीय सुभाष लिम्बुले आफ्नै श्रीमती ३५ वर्षीया जुनिता लिम्बुलाई कुटपिट गरी हत्या गरेका छन् ।

श्रीमतीको हत्यापछि सुभाषले श्रीमतीको फोटो र सुसाइड नोट लेखेर घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटना आज ९बिहीबार० बिहानको हो । श्रीमतीको फोटो र सुसाइड नोट सुभाष झुन्डिएकै ठाउँमा फेला परेको छ ।

स्थानीयले आज बिहान सुभाष रुखमा झुन्डिएको देखेपछि तत्काल सीमा प्रहरी चौकी पृथ्वीनगरलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुग्दा सुभाषसँगै उनको श्रीमती जुनिता घरभित्र मृत अवस्थामा फेला परेको डीएसपी रिजालले बताए ।

घटनाको प्रारम्भिक प्रहरी अनुसन्धान अनुसार श्रीमान्श्री-मतीबीच गएराति घरायसी झगडासँगै कुटपिट समेत भएको थियो । सुभाषको दाजुले गएराति १२ बजेसम्म उनीहरूको झगडा मिलाएर घर फर्किएका थिए । त्यसपछि पुनः उनीहरुबीच झगडा भएको रहेछ, डीएसपी रिजालले भने, ‘झगडाकै निहुँमा श्रीमानले आवेश आएर श्रीमतीको हत्या गरेको देखिन्छ ।’ श्रीमानको कुटपिटबाटै श्रीमतीको मृत्यु भएको उनको भनाई छ । उनीहरूको तीन जना छोराछोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीसहितको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइसकेको जनाइएको छ ।टाईम्स अफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया