Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

कञ्चनपुर १३ मङ्सिर ।  टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन्। एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन्। बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास देखिन्थे।

‘आमा र बुबा काठमाडौं गएपछि हामी दुई दिदीबहिनी मात्र घरमा छौं’, दबेको स्वरमा मनीषाले भनिन्, ‘त्रासले घरमा सुत्न सक्तैनौं।’ दिउँसो उज्यालोमा त उनीहरूलाई समय बिताउन त्यति कठिन हुँदैन। साँझ अँध्यारो हुन थालेसँगै उनीहरूको मुटुको धड्कन बढ्छ। छिमेकी भाउजू मञ्जु भट्टको घरमा गएर आश्रय लिन्छन्।

‘दिउँसो उज्यालोमा जसोतसो हामी घरमा बसिहाल्छौं’, उनले भनिन्, ‘अँध्यारो भएपछि घरभित्रै डर लाग्छ। भाउजूको घरमा गएर सुत्ने गरेका छौं।’ साँझ ६ बजेतिर उनीहरू मञ्जुकहाँ जान्छन्। राति त्यहीं सुत्छन्।

आमा नहुँदा उनीहरूले राम्रोसँग खाना पनि खाएका छैनन्। ‘आफैं पकाएर खान्छौं। साँझ ढिलो भए खाना बनाउँदैनौं’, मनीषाले भनिन्।

‘साँझ यिनीहरूले घरमा पनि खाना बनाउँदैनन्। मैले पकाएर खाऊ भन्दा पनि मन लगाएर खाँदैनन्’, मञ्जुले भनिन्, ‘साँझ ६ बजेतिर मेरो घरमा आउँछन्, आएनन् भने म आफैं खोज्न जान्छु।’ तीन बहिनीमा निर्मलालाई मिठो खाना बनाउन आउने भएकाले आमा यताउता हुँदा उनले पकाउने गरेको मनीषाले बताइन्। ‘बहिनीले खाना पकाउँथी। हामीले पकाउनु पर्दैनथ्यो’, उनले भनिन्, ‘अहिले हामीलाई खाना पकाउन गाह्रो हुने गर्छ।’ बुबालाई सन्चो हुँदैछ छ भनेर आमाले फोन गरेको मनीषाले बताइन्। ‘कहिले घर आउने टुंगो छैन, सन्चो भएपछि मात्र आउँछु भन्नुहुन्थ्यो’, उनले भनिन्। आजको नागरिक दैनिकाम यो खबर छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments