Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

झापा, १७ जेठ २०८० । झापामा मोटरसाइकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा देश भारत पोष्टाईट सुन्दरपुर कटन उदिका चपडा बस्ने ६५ वर्षिय दिपराज चरज रहेका छन् ।

यहि जेठ १५ गते सोमबार बिहान ४ः५० बजेको समयमा कन्काई नगरपालिका वडा नं.१ चुके कल्भट स्थित पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको बाह्रदर्शी गाउँपालिका वडा नं.६ बस्ने ५४ वर्षिय रंजित तामाङले चलाएको मे ९ प ५७४४ नं. को मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री चरजलाई ठक्कर दिएको थियो । ठक्कर दिई घाईते बनाई उपचारको लागी बिर्तासिटि अस्पताल बिर्तामोड पठाएकोमा अस्पतालमा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक रंजित तामाङ समेत टाउकोमा चोट लागी घाइते भएकोले प्रहरीको निगरानीमा उनको श्रीमति लिला माया तामाङलाई साथमा राखी उपचार भईरहेको जनाइएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले बताउनुभयो।

तपाईको प्रतिक्रिया