Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

काठमाडौं, ४ जेठ २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षा नितिमा गुणात्मक सुधार गरिने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री दाहालले सरकारी तथा सार्वजनिक शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले गुणस्तरीय र रोजगारमुलक शिक्षा प्रदान गर्न शिक्षा नितिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी विद्यालयको अनुगमन र मुल्यांकन गर्ने कामलाई निरन्तरता दिइने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालमा रासायनिक मल उत्पादन गर्ने सम्बन्धमा नेपाल लगानी बोर्डमा प्राप्त प्रस्तावहरुको सम्भाव्यता अध्ययन भइरहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरीएको पनि जानकारी गराउनुभयो ।

 

तपाईको प्रतिक्रिया